‘बाहुन डन’ ले अब एमालेका - TopicsExpress



          

‘बाहुन डन’ ले अब एमालेका ‘पक्का नेता’ रामेछाप, भदौ १५ – सात महिनाअघि एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीको हातबाट टीका लगाएर विधिवत रुपमा एमाले प्रवेश गरेका चर्चित ‘डन रमेश बाहुन’ उर्फ सुजन पौडेल वैधानिक रुपमा एमालेका नेता बनेका छन् । नेकपा एमाले रामेछापको चौथो पूर्ण बैठकको निर्णय अनुसार ‘बाहुन’ औपचारिक रुपमा एमाले बनेका हुन् । बैठकमा अधिकांश सदस्यहरुले सहमति जनाएपनि केही सदस्यहरुले भने ‘बाहुन’लाई पार्टीले सातमहिना नै बित्न नपाउँदै जिम्मेवार पद दिँदा पार्टीको छवि बिग्रने भएकोले कम्तीमा पनि दोश्रो संविधान चुनावल यता जिम्मेवारी दिन नहुने बताएका थिए । एमाले श्रोतका अनुसार ‘बाहुन’ले एमाले नेता केपी शर्मा ओलीसँगको भेटमा पार्टीमा सम्मानजनक स्थान पाए आफूलाई पनि धेरै कुरामा सहज हुने र आफनो उपस्थितिले आगामी निर्वाचनमा रामेछापको क्षेत्र नं १ मा पार्टीलाई चुनाव जित्न पनि सहज हुने भन्दै जिम्मेवारी माग गरेका थिए । ओलीको निर्देशनमा ‘बाहुन’लाई पार्टीको जिल्ला सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेको बुझिएको छ । एमाले रामेछापले ‘बाहुन डन’ सँगै गेलु गाविस पन्थलीका केशव घिमिरेलाई पनि सदस्यमा सिफारिस गरेको छ ।
Posted on: Sat, 31 Aug 2013 18:10:34 +0000

Trending Topics



re a romantic who enjoys strolling through
Setback to Udhampur-Katra rail link project In a setback to
Well dam some of the shit i see Lame ass females posting smdh, i
This is my most favorite poem of all time.. I only share it
In honor of Gustavo Adrián Cerati , lead singer of Soda Stereo -
This is Elsa. She is one of the 8 pregnant Royal Mangalitza sows
Ingredients Education Series Ingredient Do! Prickly Pear

Recently Viewed Topics




© 2015