हामिले नेता,पार्टी - TopicsExpress



          

हामिले नेता,पार्टी हेर्ने हैन, हामिलाई चाहिएको विकास हो। जहिले सम्म हामिले आफ्नो स्वार्थलाई छोडेर विकास हेर्दैनौ हाम्रो देश कहिले विकास निर्माणले गति लिने छैन, हो त्यसैले यो समाचार पढ्नु, इतिहास पल्टाएर हेर्नुस्, हाम्रो अर्घाखाँचीमा कस्ले कति विकास गरे र गर्न सक्लान् भन्ने कुरा थाहा पाउनुहुनेछ र भोट कस्लाई दिनु पर्ने रहेछ भन्ने,,,,, अर्घाखाँचीमा प्रमुख तीन दल बीचमै प्रतिष्प्रर्धा, पुर्वमन्त्री भुसालकै कारण कांग्रेस भित्र आन्तरिक द्धन्द्ध बढ्दो (२०७० भाद्र १०, सोमवार) अर्घाखाँची ब्युरो सन्धिखर्क, अर्घाखाँची । चुनावी माहोल गाउँमा तात्दै गएको छ । कसरी चुनाव आफनो हातमा ल्याउन सकिन्छ भन्दै एमाओवादी र एमालेले घर दैलो गाउँ अभियान पहिलो चरणको सम्पन्न गरिसकेका छन भने कांग्रेस खासै चहलपहल छैन । सुस्त गतिमा रहेको कांग्रेसले उम्मेदवार छनोट भएपछि भोट माग्न गाउँ जाने बताएपनि आन्तरिक विवाद चर्किदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि संभावित उम्मेदवारको चर्चा पनि शुरु भएको छ । एमाओवादी र राजमोले केन्द्रिय कार्यालयमा उम्मेदवारको नामावली पठाईसकेको छ । कांग्रेसका नेताहरु टिकट माग्न छुटाछुटै रुपमा काठमाडौ धाएका छन । आ-आफनो ढंगले सभापति सुशिल कोईराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका अन्य नेताहरु कहाँ धाईरहेका छन । एमालेले केन्द्रिय योजना अनुसार सिफारिस गर्ने दावी गरेको छ । जिल्लाका दुवै क्षेत्रमा तीनै दलको प्रतिष्प्रर्धाको संभावनाले चुनाव जित्नेमा उम्मेदवारमा पनि भर पर्ने बुझाई छ । एमाओवादीले दुवै क्षेत्रबाट संभावित १२ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट पुर्वमन्त्री टोपबहादुर रायमाझी, डिलाराम आचार्य, राजु नेपाली, कमल खनाल, ठाकुर विक र वैकल्पिकमा छमकुमारी खनाल र क्षेत्र नं. २ मा केन्द्रिय सदस्य चन्द्र बहादुर खडका, विष्णुहरी शर्मा, गोविन्द केसी, हिमकला गैरे, खुमानन्द घिमिरे र भक्तबहादुर पुनलाई बैठकको निर्णयले सिफारिस गरेको एमाओवादी नेता ठाकुर विकले बताए । रायमाझी र शर्माको निश्चित जस्तै भएको एमाओवादी स्रोतको दावी छ । २०५६ को निर्वाचनमा एमाले र राजमोको एकीकरणले क्षेत्र १ मा राजमोका डिलाराम आचार्य र २ मा एमालेका डा.डिल्लीराज खनालले जितेका थिए । शान्ति प्रक्रियापछि एमाओवादीमा प्रवेश गरेका आचार्यको नाम सिफारिसमा परेपनि टिकट पाउने संभावना नरहेको र खनालको सिफारिस नै एमाओवादीले गरेन । जिल्लामा चौथो शक्ति राजमोले क्षेत्र नं. १ बाट महासचिव सन्तबहादुर नेपाली, केन्द्रिय सदस्य सागर केसी, कल्पना पोखरेल र २ बाट केन्द्रिय सदस्य शेरबहादुर विसी, जिल्ला अध्यक्ष झविलाल थापा, सकुन्तला रानालाई सिफारिस गरेको छ । एमाओवादी, एमाले र राजमोले चुनावी अभियान लिएर घरदैलो अभियान सम्पन्न गरेका छन भने सुस्त गतिमा चुनाव प्रचारमा लागेको कांग्रेसले उम्मेदवारको पर्खाईमा बसेको छ । उम्मेदवार छनोट भएपछि गाउँ जाने उसले जनाएको छ । काग्रेस र एमालेका नेताहरु टिकटका लागि काठमाडौ धाएका छन । काग्रेसबाट क्षेत्र नं. १ मा डा.रामबहादुर विसी, विष्णु मुस्कान, निर्मला क्षेत्रीको नाम चर्चामा छ । २ बाट केन्द्रिय सदस्य पुष्पा भुसाल, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, जिल्ला सभापति कमलप्रसाद भुसाल र बासुदेव आचार्यको नाम चर्चामा छ । विसीको र पुष्पाको निश्चित जस्तै भएको कांग्रेसका एक नेताले दावी गरे । एमालेबाट १ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, लक्ष्मण रायमाझी, भोजबहादुर शाहको र २ बाट डा. दुमन थापा, पुर्वजिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरे र पिताम्बर भुसालको नाम चर्चामा छ । क्षेत्रीले आफनो र भुसालको उम्मेदवार निश्चित जस्तै भएको दावी गरे । निर्वाचन क्षेत्र नं. १ मा तीन दलबीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । चुनावी चहलपहलसगै धेरैको ध्यान १ नम्बरमै छ । २०६४ को चुनावमा एमाओवादीका रायमाझी र काग्रेसबाट पुष्पा भुसालले जितेका थिए । बाबुराम भटराई निकट मानिने रायमाझीले जिल्लामा लुम्बिनी-सालझण्डी-ढोरपाटान सडक, सुर्खेत- पोखरा सडक देखि जिल्लामा कृषि, पर्यटन, पुर्वाधार विकास, सडक लगायत थुप्रै योजना जिल्लामा भित्राएकाले र एमाओवादीमा प्रवेश गर्नेको जनलहर भएकाले जित सुनिश्चित भएको नेता विकले दावी गरे । गाउँ अभियानपछि दुवै क्षेत्रमा जित्न सकिने एमाओवादी र एमालेको दावी छ निर्वाचनमा अलि सुस्त देखिएको काग्रेसले पनि जित्ने दावी गरेको छ । हाम्रो चुनावी प्रतिष्प्रर्धा काग्रेससँग हो, एमाओवादी केन्द्रिय सदस्य चन्द्र बहादुर खडकाले भने, एमालेको जनाधार कमजोर छ त्यसमा पनि धेरै कार्यकर्ता हाम्रो पाटीमा आएका छन । एमाले अध्यक्ष चेतनारायण आचार्यले जनमतका हिसाबले एमाओवादी अर्घाखाँचीमा तेस्रो शक्ति हो, चुनावी प्रतिष्प्रर्धा काग्रेससँगै हुने दावी गरे । उनले आफु उम्मेदवार नबन्ने बताए । १ मा रायमाझीलाई जित्न काग्रेसले डा. विसीलाई अगाडी सार्ने तयारीमा छ । एमाओवादी स्रोतका अनुसार काग्रेसबाट १ मा विसी र २ मा पुष्पा आएमा जित्न गाह्रो पर्ने र एमालेका उम्मेदवार कमजोरसगै जनमत भत्किदै गएकाले सजिलै जित्न सकिने ठहर गरेको छ । २०६४ को चुनावमा १ बाट उम्मदवार दिएका कांग्रेस केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मालाई हराउन पुर्वमन्त्री रेवतीप्रसाद भुसाल लागेको आरोपले काग्रेसमा नेताहरुबीच आन्तरिक द्धन्द्ध भएकाले जित्न सकिने एमाओवादीको ठहर गरेको छ । भुसालकै कारण द्धन्द्ध चर्किदै गएपछि आन्तरिक रुपमा काग्रेसका विभाजित छ । रेवतीकै कारण जिल्ला सभापति कमलप्रसाद भुसालको राजनीतिक भविश्य धरापमा पर्ने संकेत देखापरेको छ । ईमान्दार सभापतिको छवि रेवतीकै कारण घटदै गएको छ । काग्रेस भित्रको आन्तरिक कलहले चुनावको माहोल आफनो पक्षमा आउने र जित्ने आशामा एमाओवादी र काग्रेस छन । टोपबहादुर रायमाझीलाई शक्तिशाली र लोकप्रिय उम्मेदवारको रुपमा लिईएको छ । एमालेका क्षेत्रीले भने जनमतका हिसाबले काग्रेससँगै प्रतिष्प्रर्धा हो तर टोपबहादुरसँग मात्रै होईन पुष्पकमल दाहाल आएपनि पाटीले आफुलाई टिकट दिएमा जित्ने दावी गरे । काग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले आफु प्रत्यक्षमै चुनाव लडने र टिकट पाउने दावी गर्दै २०६४ मा भन्दा यसपाली धेरै मत लिएर जित्ने दावी गरिन । अर्का केन्द्रिय सदस्य विकले १ बाटै प्रत्यक्षमा चुनाव लडने भन्दा पनि पाटीले जहा खटाउछ त्यही जाने दावी गरे । चुनावमा राप्रपा, राप्रपा नेपाल लगायतका सानादल पनि तयारीमा लागेका छन ।
Posted on: Fri, 06 Sep 2013 11:00:32 +0000

Trending Topics



gin-left:0px; min-height:30px;"> It is with a heavy heart that Jill and I offer our deepest

Recently Viewed Topics




© 2015